प्रदेश २ मा ५४ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं, जेठ:प्रदेश २ मा ५ जना महिलासहित ५४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सप्तरीमा १३ जना, धनुषामा २१ जना, महोत्तरीमा १९ जना र सर्लाहीमा १ जनामा कोरोना संक्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयले बताएको छ ।

सप्तरीको राजविराज नगरपालिकास्थित क्वारेन्टिनमा ७ जना, छिन्नमस्ता गाउँपालिकाको क्वारेन्टिनमा ४ जना र कञ्चनरुप नगरपालिकाको क्वारेन्टिनका २ जनामा कोरोना संक्रमण देखिएको होे । संक्रमित मध्ये तीन जना महिला छन् ।

धनुषाको मुखियापट्टी मुसहरनियाँ गाउँपालिकाको क्वारेन्टिनका ११ जना र जनकनन्दी गाउँपालिकाको क्वारेन्टिनका १० जनामा संक्रमण भएको हो । धनुषामा एक जना महिलासहित २१ जना संक्रमित देखिएको हो ।

महोत्तरीमा संक्रमित मध्ये १८ जना पुरुष र एक जना महिला रहेका छन् । महोत्तरीको बर्दिबास नगरपालिकास्थित क्वारेन्टिनका १५ जना, एकडारा गाउँपालिकाको क्वारेन्टिनमा रहेका ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

त्यसैगरी सर्लाहीको कौडेना गाउँपालिकाको क्वारेन्टिनमा ३० वर्षीय एक जना पुरुषमा कोरोना संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले बताएको छ ।

सम्बन्धित खवर

Back to top button