एकै दिन प्रदेश २ मा २ सयभन्दा धरै कोरोना पुष्टि

काठमाडौं, ३० जेठ: प्रदेश नम्बर २ मा एकै दिन २ सय ४ जना मानिसमा कोरोना संक्रमण देखिएको प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले बताएको छ । एकै प्रदेशमा यति धेरै संक्रमण देखिएको यो सबैभन्दा उच्च संख्या हो।

संक्रमित हुनेमा ९ महिला र १ सय ९५ पुरुष रहेका छन्। भारतसँगको सीमावर्ती तराईका ८ वटै जिल्लामा कोरोनो संक्रमण व्यापक छ। भारतबाट भित्रिएकाहरुमा संक्रमण भेटिएको हो। पछिल्लो समय क्यारेन्टाइनमा रहेका मानिसमा कोरोनाको संक्रमण व्यापक देखिएको छ।

आज थपिएका संक्रमितमा प्रदेश २ को रौतहटमा सबैभन्दा धेरै देखिएको छ। त्यहाँ ८६ जनामा संक्रमण देखिएको हो। त्यस्तै सर्लाहीमा ५७ जनामा संक्रमण देखिएको छ। सप्तरीमा १८ जना, सिराहमा ११ जना, महोत्तरीमा १६ जना र बारामा १ जना नयाँ संक्रमित थपिएका हुन्।

सम्बन्धित खवर

Back to top button