थप २७३ जनामा कोरोना संक्रमण पुष्टि, कुल संक्रमित संख्या ५३ सय ३५


काठमाडौं, ३१ जेठ: आज थप २७३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै नपालमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कुल संक्रमितको संख्या ५३ सय ३५ पुगेको छ ।
सबैभन्दा धेरै रौतहटमा ९२ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बताएको छ। सुर्खेतका ४०, दैलेखका ३०, कपिलवस्तुका २५, बाँकेका १८, रोल्पाका १७ र सर्लाहीका १३ जनाको रिपोर्ट पोजेटिभ आएको छ ।



यस्तै, पर्सा र बर्दियामा ६/६ जना, झापा र रुपन्देहीमा ५/५ जना, मोरङ र पर्वतमा ४र४ जना, दाङ र गुल्मीमा २/२ जना, महोत्तरी, बारा, नवलपरासी १/१ जनामा संक्रमण पुष्टि भएको छ ।








