आइतबार थप ४ सय २१ जनामा कोरोना संक्रमण पुष्टि


काठमाडाैँ, ७ असारः आइतबार थप ४ सय २१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा ४ सय २१ संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले जानकारी दिएका छन् । यीसहित संक्रमितकाे संख्या ९ हजार २६ पुगेकाे उनले बताएका छन्।
त्यस्तै यस दिन १९४ जना कोरोनाबाट निको भएर घर फर्किएका छन्। निको हुनेमा १८६ पुरुष र ८ महिला छन्। यीसहित कुल निको हुनेको संख्या १ हजार ७ सय ७२ पुगेको छ। त्यस्तै मृत्यु भएका २३ जनामा कोरोना पुष्टि भएको छ।



विगत २४ घण्टामा ८ हजार ६ जनाको पिसिआर परीक्षण गरिएको छ। हालसम्म १ लाख ७५ हजार बढीकाे पिसिआर परीक्षण भएको मन्त्रालयले बताएको छ।








