आज मात्रै थप ५३८ कोरोना संक्रमण पुष्टि,नेपालमा कोरोना संक्रमितको संख्या १० हजार नाघ्यो

काठमाडौँ, ९ असारः नेपालमा मंगलबार ५३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। मंगलबार ५३८ जना संक्रमित थपिएका नियमित प्रेस ब्रिफिङका क्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी गराएका छन्।

उनीहरु मध्ये ४४८जना पुरुष र ९० जना महिला महिला छन् ।यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या १०,०९९ पुगेको छ ।

कोरोना संक्रमण निको भएर डिस्चार्ज हुनेको संख्या २२२४ रहेको छ । त्यसमा १८९ महिला र २०३५ पुरुष छन् । गत चौबिस घण्टामा मात्रै ८ महिला र ६८ पुरुष गरी ७६ जना डिस्चार्ज भएका हुन्।

नेपालमा कोरोना भाइरस संक्रमित फेला परेका जिल्लाहरुको संख्या ७६ छ । बागमती प्रदेशको रसुवा बाहेकका सबै जिल्लामा कोरोना संक्रमण फैलिएको छ ।

दैलेखका एक पुरुषको मृत्यु भएसँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या २४ पुगेको छ ।

सम्बन्धित खवर

Back to top button