पौडी खेल्न गएका बालक बाढीमा बेपत्ता


काठमाडौँ, ३० असारः पौडी खेल्न गएका वीरगञ्जका एक बालकलाई मंगलबार बाढीले बगाउँदा बेपत्ता भएका छन्।
तिलावे नदीमा पौडी खेल्न गएका वीरगञ्ज महानगरपालिका वडा नम्बर १९ विन्दवासिनी टोलका १२ वर्षीय बालक बाढीले बगाउँदा बेपत्ता भएको प्रहरीले बताएको छ।



स्थानीय मुकेश साह कलवारका १२ वर्षीय छोरा सुमित कलवार नदीमा आएको बाढीले बगाउँदा बेपत्ता भएको पर्साका प्रहरी नायव उपरीक्षक मनोजित कुँवरले बताए ।
बेपत्ता भएका बालकको खोजी कार्य जारी रहेको उनले बताए। नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेनाको टोलीले बेपत्ता बालकको खोजीको लागि खटिएको कुँवरले बताए।







