धादिङमा तेल ट्याङ्कर त्रिशूली नदीमा खसेर आगलागी


काठमाडौं, ४ असोजः धादिङमा तेल ट्याङ्कर त्रिशूली नदीमा खसेको छ । प्रहरीका अनुसार उक्त ट्याङ्कर गल्छी गाउँपालिका ६ को सुत्केरी ढुङ्गाबाट त्रिशूली नदीमा खसेको बताएको छ ।
त्रिशूली नदीमा खसेको ट्याङ्करमा आगो लागिरहेको बताएको छ । त्रिशूली नदीमा खसेको ट्याङ्कर कहाँबाट आएको र कति नम्बरको भन्ने खुलेको छैन ।



ट्याङ्कर रातको समयका त्रिशूली नदीमा खसेकोले चालक र सहचालकको अवस्था पनि अज्ञात रहेको प्रहरीले जनाएको छ । अहिले प्रहरी उक्त स्थानमा खोजी तथा उद्दारमा लागि रहेको छ ।







