रिलायन्स फाइनान्स लिमिटेड कोहलपुर शाखाबाट राहत बितरण

जेष्ठ,२६,कोहलपुर: विश्वव्यापी रुपमा फैलिएको को भिड 19 को माहामारीको दोस्रो चरणबाट सामाजिक जनजिवन र अर्थतन्त्र संकटमा परेको बेला रिलायन्स फाइनान्स लिमिटेड कोहलपुर शाखाले आज कोहलपुर १३ का समुदायलाइ राहत स्वरुप खाध्न्न सामग्री वितरण गरेको छ ।
कोहलपुर उधोग व्यापार संघका अध्यक्ष लक्ष्मण राज पौडेल सहितको उपस्थितमा आज खाध्यान्न लगाएतका राहात सामाग्री वितरण गरेको रिलायन्स फाइनान्स कोहलपुर शाखा कार्यालयका प्रमुख कुल बहादुर पुनले जानकारी दिएका छन्।

नेपाल राष्ट्र बैंकबाट‘ग’बर्गको इजाजत प्राप्त राष्ट्रिय स्तरको रिलायन्स फाइनान्स लिमिटेडले बितिय सेवाको अर्को परिभाषा भन्ने नारा सहित देशै भरीका शाखाबाट राहत वितरण गरिरहेको शाखा प्रमुख पुनले बताए । वर्तमान घडिमा फाइनान्सले गरेको योगदान प्रशंसनिय रहेको भन्दै संगका अध्यक्ष लक्ष्मण राज पौडेलले प्रशंसा गरेका थिए

सम्बन्धित खवर

Back to top button