पोखरा : नौ लाख रुपैयाँ घुससहित सडक डिभिजन कार्यालय कास्कीका प्रमुख र इन्जिनियरलाई अख्तियार दु रूपयोग अ नुसन्धान आयोग क्षेत्रीय कार्यालय पोखराको टोलीले पक्राउ गरेको छ ।
सडक डिभिजन कार्यालय पोखराका प्रमुख हरिकुमार पोख्रेल र त्यही कार्यालयका इन्जिनियर पवित्रपाणि आचार्यलाई अख्तियार पोखराको टोलीले नौ लाख रुपैयाँ घुससहित बिहीबार साँझ साढे ६ बजे पक्राउ गरेको हो।
बिहीबार साँझ प्रमुख पोख्रेलकै निवासबाट दुवैजनालाई घुसवापत लिएको ९ लाख रूपैयाँसहित पक्राउ गरिएको अख्तियार पोखरा स्रोतले जानकारी दिएको छ।
उक्त घुस सडक डिभिजन कार्यालय पोखराबाट सडकको ठेक्का मिलाइदिने भन्दै एसआर निर्माण सेवाका मालिक ऋषिराम गौतमबाट लिएको खुलेको अख्तियारले जनाएको छ। घुस दिएर फरार ठेकेदार गौतमलाई पनि प्रहरीको सहयोगमा नियन्त्रणमा लिइएको छ ।
याे पनि पढ्नुस्
पीयूका प्रशासकीय अधिकृत घुस लिँदालिँदै प क्राउ
काठमाडौं : पूर्वाञ्चल विश्वविद्यालय (पीयू)का प्रमुख प्रशासकीय अधिकृत घुससहित प क्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले प्रशासकीय अधिकृत गिरिराज कोइरालालाई ६ लाख ७५ हजार घुससहित शेर्पा मलबाट पक्राउ गरेको हो । उनले स्तुपा कलेज, बौद्धका विद्यार्थीहरुको समस्या समाधान गरिदिने भन्दै घुस लिएका थिए ।