आखिर उसले के पायो ?


दार्शनिक अरस्तुका अनुसार राज्यको काम केवल जीवनयापन गराउनु मात्रै हो भने दा’स र जङ्गली जनावरहरुको पनि राज्य हुन्थ्यो । उनका अनुसार राज्य एउटा यस्तो संस्था हो जसले मनुष्यलाई संगठित भएर बस्न मात्र सिकाउँदैन आधुनिक र समुन्नत जीवन यापन गर्न समिष्ट र बृहत संस्थाको भूमिका निर्वाह गर्दछ । मान्छे राज्य बिना केही प्राप्त गर्न सक्दैन । यसकारण राज्य मानिसका लागी त्यति आवश्यक छ जति व्यक्तिका लागी परिवार र माछाका लागि पानी अपरिहार्यता छ । राज्यबिना मानिस अपाङ्गगो र गन्तव्यहीन हुन्छ । अर्को कुरा जसरी अधिकार र कर्तव्य एक सिक्काका दुईपाटा हुन त्यसरी नै राज्य र नागरिक एकअर्काको परिपुरक हुन भनिन्छ ।
दार्शनिकहरुका अनुसार राज्यको स्वरूप प्राकृतिक हो भनिएता पनि आखिर यसको कल्पना विकास र पूर्णता मानिस स्वंयमले नै गरेको हो । र अनेकौं परिभाषाको खातिर हामीले बुझ्नै पर्ने के हो भने राज्यको मुख्यकार्य भनेको नागरिकहरुलाई जस्तोसुकै आन्तरिक तथा बाह्य समस्याबाट बचाउनु र समय अनुकूलित समाजिक सेवाको सम्मानजनक वितरण एवं नागरिक सुरक्षाको प्रत्याभूति गर्नु हो ।



यसै अर्थमा नै हाम्रा पुर्खाहरुले हाम्राे उच्चता र श्रेष्ठता पूर्ण जीवनका लागि नेपालराज्यकाे पार्दुभाव गरेका हुन भन्ने बुझौं । स्मरण रहोस् हाम्राे राज्यकाे उत्पत्ति र विकासकाल देखि थुप्रै इतिहासहरु रक्त रन्चित थिए । कालान्तरका हामी पनि कहीँ न कहिबाट् यसकाे दास भयाैँ, चढ्ने घाेडा बन्यौं, पिंजडाकाे पट्टु भयाैँ, कैयाैँ तन्त्र् भाेग्याैेँ, कैयाैँ सरकार फेर्याैँ, व्यवस्थाका मालिक र साम्राज्य नै बदलियाैँ ।
किनकी राज्यले निर्वाह गर्ने मानवीय श्रेष्ठता कायम रहाेस् भनेर । एकपटक छातिमा हात राखेर साेचाैँ कि राज्य तपाईँ हाम्राे परिवार हाे सं’कटको सारथी हाे, मानवीय इच्छा आकांक्षा र सभ्यताकाे भण्डारण हाे भने अब भन्नुहोस् हामीले हाम्रो राज्यबाट के-के पायौ ? हावामा राजनितिज्ञ भएर अ’राजक’तावादी हु’लहुलैयाको सि’कार हुनु भन्दा ग’म्भीर खोज र दार्शनिक मूल्य मान्यताहरुको अध्ययन गरेर मात्रै देशको व्यवस्थाको पृष्ठपोषाण गरौं । भोटको सदुपयोग गरौं । नवीन विचारहरुको कदर गरौं । अरुको बैशाखी टेकेर राजनितिज्ञ कहलाउनु पूर्व निम्न प्रश्नहरुको जवाफ खोजौं त !
आखिरी उसले के पायो ?
१) एउटा निरक्षक नागरिकले जिबनमा ९ पटकसम्म वयवस्था परिवर्तनका लागि एकाेहाेरो, दिल, दिमाग र स्वाधीनताकाे दान (मतदान) गर्यो आखिर उसले के पायो ?
२) जन्मदै ऋणकाे तमसुकले लपेटिएकाे किसानकाे छाेराेले जीवनभर फाटेकाे चप्पल र ढिक्का नुन किन्दा चर्काे कर तिरी नै रह्याे आखिर उसले के पायो ?
३) विचरा दूधमुखे बालकले शिशु कलास देखि नै देश पढ्याे, नेताहरु पढ्याे, उनको गाँउ, ठाउँ, जन्म, मृ’त्यु सारा कुरा कण्ठ गर्दै डिग्री पास गर्याे आखिर उसले के पायाे ?
४) १६ वर्षमा कानून सम्मत याेग्य युवा खाेक्राे आश्वासनले नै ३२ वर्षकाे लम्पट भैसक्याे आखिर उसले के पायो ?
५) किसानले गाँस काटेर चन्दा, साथ छोडेर भाेट दियाे कैयाैँ पटक विचार र आस्थाकाे लिलामी गर्याे, तर पनि छाेराछाेरीलाई ५ कक्षाबाट गाेठालाे लगायाे आखिर के पायाे ?
६) एउटा लक्का जवान वर्षाैं नेताकाे झाेले कार्यकर्ता बन्याे, पार्टी बनाउने देखि बिकाउने (चुनाव जिताउने) सम्म ज्यानकाे बाजी लगायाे, एउटा छट्टुलाई भुईबाट छतमा पठायाे र आफू खाडीमा अरुको देशका मालिहरुकाे गुलामी गरेर पेट पाल्न् विवश भयो आखिर उसले के पायाे ?
बस् पायाे त केवल :
१) झु’टो आश्वासन मात्र पायाे ।
२) देशकाे ढुकुटीलाई काक्राे चिरेझैँ चिरेर खाने एकाध स्याल र हुडारहरु पायाे ।
३) देशकाे स्वाधीनतालाई धा’वा बाेल्ने बिदेशी मुलका बुटहरु (एजेन्ट्) पायाे ।
४) एउटा छट्टुले जनताकाे कर र कार्यकर्ताकाे र’गतमा रमाउने र अवसरै पिच्छे पार्टी बदल्ने, हैसियत र आलीशान महल तथा चिल्लाे कार पायाे ।
५) जीवनभर उत्पी’डित वर्ग र सामुदायमाथी भ्र’मकाे व्यापार गर्ने अभिजात वर्गले पुरोहिते कर्मबाट स्वामीकाे पगरी पायाे ।
६) पटकपटक जनताकाे विचार, आस्था र ज्यान मार्नेले बारबार मु’र्दा ला’सहरु माथी पनि बल’त्कार गर्ने अधिकार पायाे ।
बरु पाएन त उसले केवल
जसकाे आशिर्वाद, रगत र पसिनाले सुकेकाे अञ्जुलि भर्याे बस भलै उसका लागि खाेक्राे साहानुभूति दिने र राेदन सुनिदिने फुर्सद पाएन ।
अनि यी तमाम यतार्थका बिटमा बसेर निरीह साँचीका रुपमा पलेटी कसेर बसेका हामी खाली यिनैकाे अ’न्धभक्त भएर फेसबुक्, सामाजिकसञ्जाल, चाेक, गल्लि, चिया पसलहरुमा मात्र हैन आफूले काम गरी खाने ठाउँ सम्म वा’दविवाद, प्रतिउत्तर, नक’रात्मक कमेन्ट र अनाआवश्यक दु’स्मनी गरेर बाेलचालबन्द् र पानी बाराबार समेत गरिरहेका छाैं । परिवर्तनकाे विपरित बि’राेधी खम्बाकाे भूमिका निर्वाह गरिरहेका छाैँ ।
अनि भन्छाैँ गतिलाे नेता चाहिँयाे । तर काेही तपाँईकाे मालिक विपरितकाे गतिलाे जन्मन थाल्याे भने एकाेहाेराे अ’रिङ्गाल खनिए झै खनिएर उसलाई समाप्त पार्दिन्छौं । सहयोग हैन, असहयोग मात्र नगरी किन बस्दैनौं ? अपवाद उसले अव’रोधलाई जितेछ भने पुन: उसको पापाराजी बन्ने कोसिस गर्छौं विडम्बना उ बिरानो भैसकेको हुन्छ ।
एक चोटी आँखा चिम्लेर सोच्नुहोस् त तपाईंले माथीका कार्य गरे बापत कहिले कहाँ के पाउनु भयो ? तपाईंको पुर्खाले यस्तो योगदान बापत के पाए ? भनिएला बाटाे, घाटाे, सडक, पुल यी यस्तै यावत । त्यो त तपाईंले दृश्य अदृश्यरूपमा गरिएको मुरी लगानीबाट मात्र मुठी प्रतिफल पाउनु भएको हो त्यहि पनि एक निश्चित ठाउँमा मात्रै । एकपटक टोले सामान्त र आडम्बरी छट्टुहरुको सेरोफेरो र तपाइँको सुविधामा दाजेर हेर्नुहोस् त ४० मिटरको मोटरबाटो र २४ घण्टा विद्युत कसको घरमा छ ? गाउँमा गोरेटो भी’रमा अहिलेसम्म कति दिदिबहिनीहरुले पिठ्युँमा गाग्री बोकी रहेकी छन् ? यता घरको सिरानीमा धारो कसको छ ?
त्यसैले : मिथ्या आदर्शपछि लागेर सच्चा मानवीयतको सामाजिक दूरी र भावनात्मक एकतामा फाटाे ल्याउने कुटिलरणनीतिकारहरु संगै ड्याङ्ग्रो नबजाउ। यो देशमा म दारुमा बिकेर डलर र भारुको खेती गर्ने जमाति बढाउँदिन । म एक कप चिया खाएर खिया लागेको विचार बोक्दिँन । म स्वतन्त्र मान्छे हुँ बस यति सोच गरौं ।








